पहिरो रकफल जोखिन मूल्यांकन
पहिरो रकफल जोखिन मूल्यांकन
 
 
 

पहिरो र रकफल जोखिम आकलनमा, हामी प्रकोप, जोखिम र संकटासन्नता पत्ता लगाउन क्षेत्र नक्साङ्कन र रिमोट संवेदन, पहिलेका घटनाहरूको विश्लेषण, वर्तमान र भविष्य परिदृश्य को मोडेलिंग मार्फत कुनै पनि निरन्तर अस्थिर व्यवहारलाई निगरानी गर्दछौ। यी गतिविधिहरुको नतिजाहरुले प्रकोप र जोखिम नक्सा, निवारण र रोकथामका उपाय जस्तै पूर्व चेतावनी प्रणालीको डिजाइन गर्न मद्दत पुर्याऊदछन्.

 
 

पहाडीभू-भागमा, पहिरोले पहाडी नदीमा बाधको, नदीको बहाब पट्टिको गाउमा र  पूर्वाधारहरुमा उच्चजोखिम परिदृश्यको सिर्जना गर्नसक्छ। यो अगस्ट २ , २०१४ मा सिन्धुपाल्चोक, नेपालमा अनुमानित १०,००,०००m आयतनको पहिरो हो। नेपाल र चीन बीच प्रमुख पारवहन मार्गको लगभग २ कि.मि र दुई गाउँ पुरिनुका साथै १५६ जनाको मृत्यु, २७ घाइते र ४३५ मान्छे विस्थापित भएका थिए

 
 

यस पहिरोको फलस्वरूप, सुनकोशी नदीमा बाध बाधी  तालको निर्माण भएको थियो जसको अपस्ट्रिम विस्तार ३कि.मि थियो।  यस तालद्वारा मुख्य राजमार्गको खण्डहरु र धेरैघरहरू जलमग्न भएका थि

 

 
 

नेपालि सेना द्वारा तालबाँधमा २० मि. गहिराईको निकास दिई ताल खोलिएको थियो। पछि, बाँध४७ मि. गहिराई बनाई प्राकृतिक रुपमा खुलेको थियो

 
 

यो पहिरो बाँधको निकासले, तल्लो तट मा रहेको जलविद्युत् आयोजनामा अत्यधिक तलछट जम्मा भई, सुविधा संचालन रोकिएको थियो। यो पहिरोको बाँध निकासले नदीआधार–स्तरमा २० मिटरले उचाइमा वृद्धि भएको थियो। यो पहिरो दिगोनिवारण र रोकथाम उपायका लागि अध्ययनका लागि केन्द्रित रहेको छ।